काठमाडौँ उपत्यकामा आज (शुक्रबार) पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
अहिले बिहानदेखि नै काठमाडौँको मौसम बदली भएको छ अर्थात् आकाशमा बादल लागेको छ।
यसैबिच आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.८ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले नेेपालखबरलाई जानकारी दिएको छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने अहिलेकै कायम रहन पनि सक्छ।
देशभरको मौसमबारे भने मौसम पूर्वानुमान महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
60
Shares

प्रतिक्रिया