समाज


आज यी स्थानमा वर्षा, चट्याङ र हुरीको सम्भावना

आज यी स्थानमा वर्षा, चट्याङ र हुरीको सम्भावना

फाइल फोटो


नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार ८:३०, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (शुक्रबार बिहान) लुम्बिनी प्रदेशमा पूर्णतया बादल तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया  बादल लाग्ने तथा सुदूरपश्चिम  प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, मधेस, लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थान साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ, हुरी, असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।

यसैगरी राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्ने र तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हुरी, असिनासहित मध्यमसम्म हुने वर्षा/हिमपात हुने सम्भावना छ। 

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ। 

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad