वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध छन्।
नेपाल प्रहरीका अनुसार संखुवासभामा कोसी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग र लमजुङमा मध्यपहाडी राजमार्ग यतिबेला पूर्णरूपमा अवरुद्ध छ।
त्यसैगरि मध्यपहाडी राजमार्गमा पर्ने भोजपुर खण्ड, म्याग्दीको बेनी-जोमसोम सडक र पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवनगरमा अहिले एकतर्फी मात्रै गाडीहरू चलेका छन्।
पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।
अवरुद्ध सडकको सूची हेर्नुहोस्

132
Shares

प्रतिक्रिया