समाज


घर भत्काएको हेर्दाहेर्दै बेहोस (तस्बिरहरू)

घर भत्काएको हेर्दाहेर्दै बेहोस (तस्बिरहरू)

घरमा डोजर चलाउँदा बेहोस भएकी महिलालाई अस्पताल लग्दै प्रहरी। तस्बिरहरू: नेपाल प्रहरी


नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १७:२४, काठमाडौँ

सरकारले काठमाडौँको बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउँदा एक महिला बेहोस भएकी छन्। 

 शुक्रबार बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएको थियो। डोजरले घर भत्काउँदा वंशीघाटमा बस्ने रेखा कुँवर बेहोस भएकी हुन्।

पर्साकी ३८ वर्षीय कुँवर घर भत्काएको हेरिरहेकी थिइन्। उनी हेर्दाहेर्दै बेहोस भएकी हुन्। 

उनलाई प्रहरी टोलीले अस्पताल पुर्‍याएको छ। उनलाई उपचारका लागि वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवन भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad