समाज


पहिरो खसेपछि यी ३ सडक पूर्णरूपमा अवरुद्ध, यात्रुको बिचल्ली

पहिरो खसेपछि यी ३ सडक पूर्णरूपमा अवरुद्ध, यात्रुको बिचल्ली

फाइल फोटो


नेपालखबर
बैशाख २०, २०८३ आइतबार ८:१४, काठमाडौँ

वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्। 

कान्ती लोकपथसहित देशका विभिन्न चारवटा राजमार्ग यतिबेला पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। 

ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुर र मकवानपुरको भिमफेदी गाउँपालिका-८ भन्जयाङ्डाँडामा पहिरो खस्दा काठमाडौँबाट हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको कान्तीलोकपथ गएरातिदेखि नै अवरुद्ध छ। 

राजमार्ग अवरुद्ध हुँदा यात्रीहरु बीच बाटोमै रोकिएका छन्। सवारी साधनको लाम लागेको छ। 

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ कोदारीस्थित इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभन्ज्याङ्मा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध भएको छ। 

त्यसैगरी भोजपुर र म्याग्दीमा पनि पहिरोले सडक एकतर्फी अवरुद्ध रहेको प्रहरीले जनाएको छ। 

भोजपुरको भोजपुर नगरपालिका-५ बोखिममा पहिरो खस्दा मध्यपहाडी राजमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथलेमा पहिरो खस्दा बेनी-जोमसोम सडक पनि अहिले एकर्फी अवरुद्ध छन्र 

पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ। 

अवरुद्ध सडकको सूची हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad