बागमती


चार वर्ष बेलायत र ११ वर्ष दुबई–कतार बसेपछि गाउँ फर्केर बाख्रापालन

चार वर्ष बेलायत र ११ वर्ष दुबई–कतार बसेपछि गाउँ फर्केर बाख्रापालन

नेपालखबर
बैशाख २०, २०८३ आइतबार ८:१६, मन्थली (रामेछाप)

रामेछापको मन्थली नगरपालिका-४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय गरेकी छन्। 

चार वर्ष बेलायत र ११ वर्ष दुबई र कतारमा रोजगारी गरेकी उनले अरूको मात्र काम गरिरहनुभन्दा स्वदेशमै आफ्नो काम गर्ने भन्दै गाउँमा बाख्रापालन थालेकी हुन्। 

‘अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अँगाल्ने अठोटका साथ गाउँ फर्केकी हुँ’, केसीले भनिन्। 

बाख्रापालनका लागि अहिले उनले गाउँमा करिब रु २० लाख खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्।

बाख्रापालनमात्र नभएर कुखुरा, गाईभैँसी, माहुरीपालन र कफीखेती गर्ने योजना रहेको केसीले सुनाइन्। 

विसं २०८१ मा गाउँ आएर काम सुरु गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको गुनासो गरिन्।

उनले मन्थली नगरपालिकाअन्तर्गत रहेको पशु स्वस्थ्य शाखाका कर्मचारीहरूबाट भने आवश्यक प्राविधिक सल्लाह पाइरहेकी छन्।

उनका बुबा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन्। 

उनले भने, ‘मेरा पाँच छोरीमध्ये अरू सबै सहरतिरै रोजगारीमा छन्, हामी श्रीमान्श्रीमती पनि काठमाडौँमा बस्छौँ, कहिलेकाँही मात्र गाउँ आउने गरेका छौँ। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छाडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकामा खुसी लागेको छ।’

गाउँमा रेखदेख गर्ने व्यक्तिको अभाव केसीलाई खड्केको छ। तर पनि उहाँ निरन्तर बाख्रापालनमा खटिएकी छन्।

‘सक्दो मेहनत गरिरहेकी छु, हिम्मत हारेकी छैन, हेरम कति सफल भइन्छ’, केसीले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad