मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार बिहान) सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ, कोसी र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र देशको हिमाली भेगमा साधारणतया बादल लागेको छ, पहाडी र तराई क्षेत्रमा आंशिक बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा भइरहेको छ।
आज दिउँसो र रातिका लागि यस्तो छ मौसम प्रक्षेपण:
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगका केही स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भेगका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
Shares

प्रतिक्रिया