समाज


यो सरकारले पनि विज्ञान प्रविधिलाई बुझेन, मेरो टाउको फोड्नु नपरोस: महावीर पुन

यो सरकारले पनि विज्ञान प्रविधिलाई बुझेन, मेरो टाउको फोड्नु नपरोस: महावीर पुन

फाइल फोटो


नेपालखबर
बैशाख २१, २०८३ सोमबार ८:५८, काठमाडौँ

स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनप्रति चासो नदेखाएको भन्दै खिन्नता व्यक्त गरेका छन्। 

पूर्व शिक्षामन्त्रीसमेत रहेका पुनले सोमबार सामाजिक सञ्जालमा अहिलेको सरकारले पनि विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ने छाँट पटक्कै नदेखिएको आरोप लगाएका छन्। 

‘यसो सामाजिक सञ्जालतिर हेर्दा त अहिलेको सरकारले विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन सम्बन्धि काम गर्ला जस्तो छाँट त पतक्कै देखिएन,’ उनले भनेका छन्, ‘बरु नव प्रवर्तनलाई त उद्योग मन्त्रालयतिर हाल्न खोजेजस्तो बुझिन्छ। अनि विज्ञान प्रविधि मन्त्रालयको त बिउ नै निर्मुल पार्ला जस्तो पो बुझियो त लाखे!’

नवप्रवर्तन भनेको उद्योगमा मात्र नभएर राजनीति, प्रशासन, सुशासन, स्वास्थ्य, कृषि, शिक्षा, व्यापार, विज्ञान प्रविधि, जीवन विज्ञान, संगीत, साहित्य आदि-इत्यादी सबै कुरामा हुने उनको भनाई छ। 

‘मेरो टाउको फोड्नु नपरोस् है सरकारका साथीहरू! कुरा बुझ्नु भो?’ उनको प्रश्न छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad