सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन्। सोमबार बिहान गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले उनलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन्।
१८ वैशाखमा चार वर्षे पदावधिका कारण राजु अर्याल अवकासमा गएपछि सरकारले पौडेललाई आईजीपीमा नियुक्त गरेको थियो। त्यसयता पौडेलले सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्दै आएका छन्।
तत्कालीन गृहमन्त्री सुदन गुरुङले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रधानमन्त्री लगाइदिने व्यवस्था गरिने बताएका थिए। यो बीचमा उनी आफैँ मन्त्रीबाट हटेपछि त्यो विषय आफैँ सेलाएको थियो।
102
Shares

प्रतिक्रिया