समाज


२० वर्षीय युवकले चलाएको तीव्र गतिको मोटरसाइकलको ठक्करबाट ७५ वर्षका वृद्धको मृत्यु

२० वर्षीय युवकले चलाएको तीव्र गतिको मोटरसाइकलको ठक्करबाट ७५ वर्षका वृद्धको मृत्यु

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १०:५१, काठमाडौँ

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। 

सोमबार साँझ नयाँरोड-बरहथवा सडक खण्डमा पर्ने बागमती नगरपालिका- २ धरहरा चोकमा तीव्र गतिको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो। 

मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय हरिबहादुर अधिकारी रहेका छन्। 

बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। शरीरका विभिन्न भागमा चोट लागेका उनलाई प्रहरीले उपचारको लागि वीरगन्ज पठाएको थियो। 

उनलाई वीरगन्जस्थित न्युरो अस्पतालमा पर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन्। उनको शव पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि प्रहरीले मोटरसाइकल चालक गोडैता नगरपालिका -२ बस्दै आएका २० वर्षीय शिवम कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ। 

उनलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad