समाज


५ जनाको शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

५ जनाको शव भेटियो, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार ११:५४, काठमाडौँ

विभिन्न जिल्लामा पाँचजना मृत अवस्थामा फेला परेका छन्। 

भक्तपुर, झापा, काभ्रे, कञ्चनपुर र मकवानपुरमा पाँचजना मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

झापाको कनकाई नगरपालिका-४ कोटीहोममा शिवसताक्षी नगरपालिका-९ संगम चोक बस्ने ५४ वर्षीय खगेन्द्र कुमार सार्की मृत अवस्थामा भेटिएका छन्। 

सोमबार मृत फेला परेका उनको मृत्युको कारण खुलेको छैन। 

त्यसैगरि काभ्रेको धुलिखेल नगरपालिका-१२ इट्टेस्थित सडकको छेउ नालीमा पनि एक पुरुष मृत भेटिएका छन्। 

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

त्यसैगरि भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल गुन्सा टोलको खुल्ला चौरमा भक्तपुर थिमी बस्ने दोलखा तामाकोशी गाउँपालिका- ५ सहरे घर भएकी ६४ वर्षीया कमला नेपाली पनि मृत भेटिएकी छन्। 

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ रामजानकी टोल बस्ने ४६ वर्षीय फिरू चौधरी स्थानीय खेतमा मतृ फेला परेका छन्। 

सोमबार मृत अवस्थामा फेला परेका उनको पनि मृत्युको कारण खुलेको छैन। 

त्यसैगरि मकवानपुरको बागमती गाउँपालिका-५ दोभानस्थित बागमती खोला किनारमा पनि एक पुरुष मृत भेटिएका छन्। 

काभ्रेको खानीखोला गाउँपालिका-७ बस्ने ४५ वर्षीय मंगल बहादुर रूम्बा बगरमा मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।  

यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad