ओपनर आशिफ शेखले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ओमानविरुद्ध शतकबाट चुकेका छन्।
उनले ९७ बलमा ७ चौका र ५ छक्का सहयोगमा ९४ रन बनाएका आशिफ नदिम खानको बलमा क्याच आउट हुन पुगे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले ३८ ओभरको खेल सकिँदा चार विकेटको क्षतिमा १७४ रन बनाएको छ।
क्रिजमा दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन्। ओपनर विनोद भण्डारी शून्यमा आउट भए भने अर्जुन कुमाल ४८ रन बनाउँदा हसनैन शाहको बलमा क्याच आउट भए। कप्तान रोहित पौडेल नौ रन बनाउँदै पेभेलियन फर्के।
78
Shares

प्रतिक्रिया