नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अगाडि बढाइएको हो।
महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित भइसकेको छ।
अध्यक्ष पद स्वतः सुनिश्चित भए पनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तीव्र प्रतिस्पर्धा देखिएको छ।
निर्वाचनमा मुख्यतया दुईवटा प्यानल खडा गरी उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदहरूमा आफ्नो प्यानलको वर्चस्व कायम गर्न दुवै समूहका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ।


21
Shares

प्रतिक्रिया