काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–७ टाडिगाउँमा सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिँदा चालकको ज्यान गएको छ।
चालक रौतहटको पौराही गाउपालिका–३ बस्ने ४१ वर्षीय दीलिप स्मालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
मध्यपहाडी लोक मार्गको सडक खण्डमा सडक बढाउन ट्र्याक खन्ने क्रममा सडक माथिबाट ढुंगा सहितको ढिस्को खस्दा बा२ क २७९२ नं.को स्काभेटर पुरिएको हो।
132
Shares

प्रतिक्रिया