सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
बिहीबार बिहान हरीपूर्वा नगरपालिका-९ संग्रमपुर बाँकेसडक खण्डको खिला नजिकै भएको दुर्घटनामा महोत्तरीको गौशाला नगरपालिका-१२ कान्तिबजार घर भएका करिब ३५ वर्षीय पप्पु भन्ने श्याम ठाकुरको मृत्यु भएको हो।
संग्रामपुरबाट बाँकेतर्फ आउँदै गरेको ग.१ ख ९४६७ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको ना.४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ठाकुर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटना हुँदा बसमै सवार रहेका बसधनी सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रापुर बस्ने २७ वर्षीय मनिष कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ।
तर, बस चालक सर्लाहीकै कबिलासी नगरपालिका निवासी ४५ वर्षीय बद्री मण्डल भने दुर्घटना हुनासाथ फरार रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक नितेश कुमार सिंह र प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक राजकिशोर यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
फरार बस चालकको खोजी जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए।
Shares

प्रतिक्रिया