वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ लगिने भएको छ।
ज्योतिषी महेश मङ्गल जोशीले मत्स्येन्द्रनाथको ‘पश्चिम यात्रा’का लागि असार ३ गते तृतीया तिथिको शुभ साइत तय भएको जानकारी दिए।
रातो मत्स्येन्द्रनाथको रथ हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको छ। असार ३ गतेको साइतमा जावलाखेल पुर्याइनेछ।
परम्परागत विधिअनुसार ज्योतिषी जोशीले साइत हेरेर मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने मिति सुनिश्चित गरेका हुन्। जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न हुने प्रचलन रहेको छ।
87
Shares

प्रतिक्रिया