पहिलो एक दिवसीय खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्यान्डलाई २७८ रनको लक्ष्य दिएको छ।
बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७७ रनको योगफल तयार पारेको हो।
नेपाल ‘ए’का लागि देव खनाले ६३ रनको योगदान दिए। मयन यादवले ४५, सन्दीप जोराले ३४ र पवन सर्राफले ३१ रन बनाए। अनिल शाहले १८ र बसिर अहमदले १७ रन थपे। नारायण जोशी ८ र कुशल मल्ल ३ रनमा आउट भए।
त्यस्तै, रासिद खान १० बल खेल्दै १४ र दिपक डुम्रे सात बल खेल्दै २३ रनमा अविजित रहे। डुम्रेले इनिङ्सको अन्तिम ओभरमा लगातार पाँच चौका प्रहार गरे। पहिलो बल डट खेलेका उनले त्यसपछि लगातार पाँच चौका हान्दै नेपाल ‘ए’ टोलीलाई उत्कृष्ट फिनिसिङ दिलाए।
स्कटल्यान्डका लागि ब्राड्ली करी र सफयान सरिफले समान दुई विकेट लिए। ज्याक जार्भिस, ओलिभर डाभिसन, ब्रान्डोन म्याकमुलेन र मार्क वार्टले समान एक विकेट लिए।
स्कटल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया