तनहुँको भानु नगरपालिका-६ का मनोजकुमार श्रेष्ठ मलेसियामा सम्पर्कविहीन भएका छन्।
क्वालालम्पुरस्थित नेपाली राजदूतावासले आइतबार सूचना प्रकाशित गरी उनी एक महिनादेखि सम्पर्कविहीन भएको जनाएको छ। उनी गत चैत २८ गतेदेखि परिवारको सम्पर्कमा नरहेको दूतावासको सूचनामा उल्लेख छ।
उनी मलेसियास्थित एक्स-स्केन आर्मगाडी सेक्युरिटी कम्पनीमा कार्यरत थिए। पीडित परिवारले खोजीका लागि अनुरोध गरेको दूतावासले जनाएको छ।
श्रेष्ठका बारेका कसैसँग कुनै जानकारी भएमा दूतावासमा खबर गरिदिन हुन दूवातासले आग्रह गरेको छ।
57
Shares

प्रतिक्रिया