समाज


आज पनि काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना, दिनभर कस्तो होला मौसम

आज पनि काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना, दिनभर कस्तो होला मौसम

नेपालखबर
बैशाख २८, २०८३ सोमबार ६:४७, काठमाडौँ

आज (सोमबार) पनि काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद्का अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लाग्ने र साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

आंशिक बदलीको अवस्थामा घाम पनि देखिन्छ। 

यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस देखिएको जानकारी मौसम महाशाखाले नेपालखबरलाई दिएको छ।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ अथवा अहिलेकै कायम रहन पनि सक्छ। 

यस्तै अहिले काठमाडौँ उपत्यकाको भिजिबिलिटी ७ हजार मिटर रहेको मौसम महाशाखाले जनाएको छ।  

हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.७ र अधिकतम तापक्रम २६.५ डिग्री सेल्सियस थिए। 

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ। 

आइतबार यस्तो थियो तापक्रम सूची

आज देशभर कता-कता पानी पर्ला भन्ने विषयमा चाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक जानकारी दिनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad