समाज


मोटरसाइकलको ठक्करबाट दुई वृद्धाको मृत्यु, चालक पक्राउ

मोटरसाइकलको ठक्करबाट दुई वृद्धाको मृत्यु, चालक पक्राउ

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १०:५१, काठमाडौँ

चितवन र मोरङमा मोटरसाइकलले ठक्कर दिँदा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

चितवनको रत्ननगर नगरपालिका-१४ घोलचोकमा टाँडीबाट भट्टचोकतर्फ आउँदै गरेको ग.८ प २००८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा पैदलयात्री सोही नगरपालिका-१४ बस्ने ७५ वर्षीया कृष्ण माया मगर छिन्।

मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका उनको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय बकुलहर अस्पताल टाँडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङको रंगेली नगरपालिका-४ चोप्रहामा पनि मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र.१.०४-००३ प ००२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ७३ वर्षीया कलिया देवी मण्डलको मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करबाट घाइते उनको शनिबार राति न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।

यी दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad