समाज


एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?

एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?

नेपालखबर
बैशाख २८, २०८३ सोमबार २२:८, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको एसईईको नतिजाअनुसार, ३.६० देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ४८ हजार ३९२ हजार छन्।

२०८२ सालको एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा ४.१७ प्रतिशतले नतिजा सुधार भएको छ। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस वर्ष १‍.६० देखि २ जीपीए ल्याउने विद्यार्थी सात जना छन्। यसैगरी, २ देखि २.४० जीपीए ल्याउने पाँच हजार १९० विद्यार्थी छन्। 

बोर्डका अनुसार, २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९७७ जना छन्। त्यस्तै, २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ छ। 

त्यसपछि ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३७२ जना छन्। बोर्डको अनुसार, ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार ३९२ जना छन्। 

यस वर्ष नन ग्रेडेडमा एक लाख ४६ हजार ५०७ विद्यार्थी छन्। गत चैतमा भएको परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad