समाज


कक्षा १२ को प्रश्नपत्र कसरी पुग्यो ह्वाट्सएप ग्रुपमा? साइबर ब्युरोको ट्रयापमा परे दुई जना

कक्षा १२ को प्रश्नपत्र कसरी पुग्यो ह्वाट्सएप ग्रुपमा? साइबर ब्युरोको ट्रयापमा परे दुई जना

नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १९:५१, काठमाडौँ

नेपाल प्रहरीको साइबर ब्युरोले कक्षा १२ को परीक्षा अगावै प्रश्नपत्र र उत्तर सामाजिक सञ्जालबाट फैलाउने गिरोहका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई सुविधानगर बस्ने ३८ वर्षीय निराजन शाही र धादिङको निलकण्ठ नगरपालिका–३ घर भई हाल कपन बस्ने ३० वर्षीय प्रेमकुमार श्रेष्ठ छन्। 

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार उनीहरुले ह्वाट्स एपमा ‘कक्षा १२ व्यवस्थापन मात्र’ तथा फेसबुक र मेसेन्जर ग्रुप बनाएर परीक्षा अगावै प्रश्नपत्र बाहिर पुर्‍याउने गरेका थिए।

उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान हुनेछ। प्रवक्ता गिरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad