समाज


आज कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

आज कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

नेपालखबर
जेठ ३, २०८३ आइतबार ६:१५, काठमाडौँ

आज आइतबार पनि काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद्ले नेपालखबरलाई दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली रहने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ। 

आंशिक बदली भनेको आकाशमा बादल पनि लाग्ने र घाम पनि देखिने अवस्था हो। 

यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस देखिएको छ। यद्यप यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ भने यति नै कायम रहन पनि सक्छ। 

आज देशभर मौसम कहाँ कस्तो होला भन्ने प्रक्षेपणचाहिँ मौसम महाशाखाले अहिले बिहान ८ बजे जारी गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad