दाङको दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन्।
उनीहरू बबई नदी किनारामा गरिएको तरबुजा खेतीबाट आत्मनिर्भर बनेका छन्।
स्वदेशमा नै केही गरौँ भनेर सामुहिक खेती थालिएको कृष्ण चौधरीले बताए। ‘हामीले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर यो खेती सुरु गरेका हौँ,’ उनले भने।
हाल गाउँमै उनीहरुले १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेका छन्।
हाल आहाना, प्रतिकिलो रु ८० र स्विटहनी, सरस्वती, पुजा, दिव्या जातका तरबुजा प्रतिकिलो रु ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ। गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ।
तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरुको योजना छ।
138
Shares

प्रतिक्रिया