नेपाल विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित डब्लूएचओको ७९औँ विश्व स्वास्थ्य महासभामा नेपाल सर्वसम्मत रूपमा उपाध्यक्ष निर्वाचित भएको हो। जेनेभास्थित पाले डे नेसन्समा सोमबार आयोजित महासभाको उद्घाटन सत्रमा निर्वाचन भएको छ।
महासभाको यही सत्रअन्तर्गत आजै नेपालको तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले वक्तव्य राख्ने कार्यक्रम छ। स्वास्वामन्त्री मेहताको नेतृत्माव नौ सदस्यीय नेपाली प्रतिनिधि मण्डल महासभामा सहभागी भएको छ।
जेठ ३ बाट सुरु भएको महासभा जेठ १० गतेसम्म चल्नेछ।
60
Shares

प्रतिक्रिया