संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध उजुरी दिने उजुरीकर्तासँगको छलफल सकिएको छ। आज बिहान मात्रै उजुरीकर्तालाई टेलिफोन गरेर बोलाइएको थियो।
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए। सबै उजुरीकर्ता भने सुनुवाइ समितिमा उपस्थित हुन सकेनन्। सात जना उपस्थित भएपछि उनीहरूसँग समितिमा छोटो छलफल भएको हो।
साढे १ बजे प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई बोलाइएको छ। उजुरी गर्न १० दिन समय दिएको समितिले उजुरीकर्तासँग भने छोटो छलफल गरेको छ।
समितिको बैठकमा नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे र अर्जुन नरसिंह केसी भने उपस्थित भएनन्।
बैठकमा उपस्थित नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले हतारमा सुनुवाइ अगाडि बढाएको भन्दै असन्तुष्टि जनाएका छन्। तर समितिमा सभापति बोधनारायण श्रेष्ठले यो विशिष्ट समयको विशिष्ट निर्णय भएको जवाफ दिएका छन्।
Shares

प्रतिक्रिया