राजनीति


स्यानिटरी प्याडमा लगाएको कर हटाउनुपर्छ: पुरुषोत्तम यादव

स्यानिटरी प्याडमा लगाएको कर हटाउनुपर्छ: पुरुषोत्तम यादव

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १३:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले महिनावारी कुनै रहर नभई महिलाको प्राकृतिक आवश्यकता भएको स्मरण गराए। महिनावारीको समयमा सुरक्षित र स्वस्थ रहन पाउनु हरेक महिलाको मौलिक हक र सम्मानको विषय भएको उल्लेख गरे। 

‘एकातिर महिला सशक्तीकरण र लैंगिक समानताका ठूला भाषण गर्ने, अर्कोतिर स्यानिटरी प्याड जस्तो आधारभूत आवश्यकताका सामग्रीमा कर लगाउने कार्य सामाजिक न्यायको सिद्धान्त विपरीत छ। यो केवल आर्थिक मुद्दा मात्र होइन, यो महिलाको प्रतिष्ठा, स्वास्थ्य र समान अवसरको प्रश्न पनि हो,’ उनले भने। 

उनले सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाए। महिनावारीलाई राजश्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणका बारेमा बोल्ने नैतिक अधिकार नराख्ने टिप्पणी गरे। 

सांसद यादवले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने चुरोट, मदिरा जस्ता पदार्थमा ‘सिन ट्याक्स’ थप वृद्धि गर्न सुझाव दिँदै महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याडमा कर लगाइरहनु राज्यको असंवेदनशीलताको प्रतिक भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad