समाज


सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

सिफारिसमा चित्त नबुझे ७ दिनभित्र दिन सकिन्छ उजुरी
सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवा सिफारिस

नेपालखबर
जेठ ६, २०८३ बुधबार १०:१०, काठमाडौँ

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।

यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

यसअघिका डीआईजी नारायणदत्त पाैडेल आईजीपी भएपछि रिक्त एआईजी पदमा दाेस्राे वरीयताका पाेखरेललाई बढुवा गर्न सिफारिस गरिएकाे हाे।

यसमा चित्त नबुझे सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी-निवेदन गर्न सकिने छ।

पहिलाे वरीयताका सुरेश श्रेष्ठ उपत्यका बाहिनीकाे प्रमुख छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad