काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली र वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पानी परिरहेको हो।
‘काठमाडौँका विभिन्न स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ तर यो क्षणिक वर्षा गराउने खालको प्रणाली हो’, उनले नेपालखबरसँग भने, ‘आधा घण्टा पछि जतिमा क्रमिक रूपमा मौसम सुधार हुन्छ।’
तर दिउँसोपछि फेरि मौसम बदली भई बिहीबारजस्तै अपराह्न वा साँझपख वर्षा हुने सम्भावना रहेको उनले बताए।
1.1k
Shares

प्रतिक्रिया