समाज


टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ७ जवान बेहोस

टीकापुरमा तालिम गर्दागर्दै सशस्त्र प्रहरीका ७ जवान बेहोस

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १२:१०, काठमाडौँ

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आज (शुक्रबार) बिहान तालिम गर्दागर्दै ७ जना जवान बेहोस भएका छन्।

सशस्त्र प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थी तालिमका क्रममा बेहोस भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

बेहोस भएका ५ जनाको अवस्था गम्भीर छ।

उनीहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

२ जनाको अवस्था भने सामान्य रहेको डीएसपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad