आज बिहीबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक जना उच्च अधिकारीले जनाएका छन्।
संक्रमित ५३ जनामध्ये अधिकांश झापाका रहेको ती अधिकारीले नेपालखबरलाई बताए।
तर स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ९ जना संक्रमित थपिएको औपचारिक जानकारी दिएका छन्। तीमध्ये ८ जना झापा र अर्को एक जना रुपन्देही जिल्लाका रहेका छन्।
झापाका थप ४४ जना संक्रमित भएको घोषणा भने मन्त्रालयले औपचारिक रुपमा गरिसकेको छैन।
स्वास्थ्य मन्त्रालयका एक अधिकृतका अनुसार एकै ठाउँमा ठूलो संख्यामा संक्रमित फेला परेका कारण पहिले उनीहरु रहेको क्वारेन्टिनमा संक्रमित व्यक्तिहरुको पहिचान गरेर छुट्याएपछि औपचारिक रुपमा सो विवरण सार्वजनिक गरिनेछ। त्यो काम भइरहेको उनले बताए।

प्रतिक्रिया