समाज


जगद्‌गुरु शंकराचार्य चन्द्रागिरिमा, भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना

जगद्‌गुरु शंकराचार्य चन्द्रागिरिमा, भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना

नेपालखबर
जेठ ११, २०८३ सोमबार १९:३६, काठमाडौँ

दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्‌गुरु शंकराचार्य विधुशेखर भारती महास्वामीजी चन्द्रागिरि पुगेका छन्। 

उनी सोमबार ‘धार्मिक विजय यात्रा नेपाल-२०२६’ को अवसरमा चन्द्रागिरि पुगेका हुन्। उनले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेका छन्। 

जगद्‌गुरु शंकराचार्यसहितका विशिष्ट व्यक्तिलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल, संस्थापक र सञ्चालक समितिसहितका पदाधिकारीले स्वागत गरेका थिए। भ्रमणका क्रममा जगद्‌गुरु शंकराचार्यले चन्द्रागिरि हिल्सलाई पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास गरेको भन्दै प्रशंसा गरे। 

चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति भएको उनको भनाइ थियो। चन्द्रागिरिको हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो तथा शान्त मौसम र काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्दै केबलकार यात्रा अत्यन्तै स्मरणीय अनुभव भएको उनले सुनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad