समाज


दिउँसो कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

दिउँसो कस्तो होला काठमाडौँ उपत्यकाको मौसम

नेपालखबर
जेठ १२, २०८३ मंगलबार ७:१४, काठमाडौँ

काठमाडौँ उपत्यकामा रातिदेखि नै मौसम बदली र ठाउँ ठाउँमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले (मंगलबार बिहान ७ बजे) पनि काठमाडौँ उपत्यकाका एक/दुई स्थानमा हल्का पानी परिरहेको छ।

'तर केही समयपछि यो रोकिने सम्भावना छ', उनलेे नेपालखबरसँग भने, 'दिउँसोपछि फेरि बादल बढ्दै जाने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ।'

मौसमविद् दाहालका अनुसार दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, बादल-घाम हुने सम्भावना छ।

देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे विस्तृत बुलेटिन जारी गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad