समाज


स्कुटर दुर्घटनामा एक युवकको मृत्यु

स्कुटर दुर्घटनामा एक युवकको मृत्यु

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १८:५२, काठमाडौँ

काभ्रेको धुलिखेल नगरपालिका-९, पानीट्यांकीस्थित बीपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

मंगलबार अपराह्न धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्र. ३–०२–००८ प १७४३ नम्बरको स्कुटर दुर्घटना भएको हो। अनियन्त्रित भएर स्कुटर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। 

दुर्घटनामा स्कुटरमा सवार धुलिखेल नगरपालिका–११ का २० वर्षीय निर्जल घिमिरे गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै धुलिखेल अस्पताल ल्याइएको थियो। 

अस्पताल पुर्‍याउने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। स्कुटर चालक धुलिखेल–११ कै २० वर्षीय पुकार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad