समाज


छोरीलाई स्कूल पुर्‍याउन हिँडेका बुबाले नख्खु सडकमा भोगे ‘नियर डेथ एक्सपेरियन्स’, संसदमा उठ्यो कुरा

छोरीलाई स्कूल पुर्‍याउन हिँडेका बुबाले नख्खु सडकमा भोगे ‘नियर डेथ एक्सपेरियन्स’, संसदमा उठ्यो कुरा

रास्वपा सांसद अनुष्का श्रेष्ठ


नेपालखबर
जेठ १३, २०८३ बुधबार १४:१०, काठमाडौँ

ललितपुरको कार्यविनायक–नख्खु सडकखण्डमा बुधबार बिहान एउटा कारलाई तीव्र गतिमा रहेको ‘ह्याभी लोडेड’ गाडीले ठक्कर दिएको छ। आफ्नी ५ वर्षीय छोरीलाई विद्यालय पुर्‍याउन निर्देश दुवाले चलाइरहेको कारलाई तीब्र गतिमा रहेको ‘ह्याभी लोडेड’ पिकअपले ठक्कर दिएको हो।

दुर्घटनामा चालक र बालिका जोगिए पनि कारमा क्षति पुगेको छ। 

छोरीलाई स्कूल पुर्‍याउन जाँदा भएको यो दुर्घटना तथा काठमाडौं उपत्यकाका सडकमा बढेको सवारी असुरक्षा र तीव्र गतिलाई लिएर सांसद अनुष्का श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले दुर्घटनामा परेका कार चालकका आफन्तले यसलाई ‘नियर डेथ एक्सिपियरेन्स’ भनेको जानकारी दिइन्।

‘काठमाडौंका सडकहरु ह्याभी लेडेड ट्रक र गाडीका कारण असुरक्षित बन्दै गएका छन्। ३० किलोमिटर प्रतिघण्टाको स्पिट लिमिट तोकिएको सडकमा पनि गाडीहरु ८० को गतिमा गुडिरहेको देखिन्छन्। विशेष गरी बिहानको समयमा उपत्यका भित्रिने ट्रक र पिकअपका कारण यो समस्या चरम देखिएको छ’, संसदमा बोल्दै उनले भनिन्।

सांसद श्रेष्ठले नख्खुको दुर्घटनाबारे ट्राफिकलाई जानकारी गराउँदा ‘हामीलाई यसबारे थाहा छ’ भन्ने जवाफ पाएको बताइन्। सडक दुर्घटनाको संख्या घटाउन तत्काल कडा कदम चाल्न उनले माग गरिन्।

यता, भैँसेपाटी प्रहरीका अनुसार ठक्कर दिने गाडी ठूलो ट्रक नभई मालबाहक पिकअप ट्रक हो। ठक्कर दिने सवारीका धनीले पीडित पक्षको सम्पूर्ण उपचार खर्च र कारको क्षतिपूर्ति बेहोर्न सहमति जनाएका छन्।

यस्तै रास्वपकी अर्की सांसद सांसद डा.तोशिामा कार्कीले ललितपुरको भैँसेपाटी–मगरगाउँबाट दक्षिणकालीमार्ग जाने ओरालो ढलान सडक ठाउँठाउँमा फुटेको र त्यहाँ दैनिकजसो दुर्घटना हुने गरेको भन्दै  सडक मर्मत नहुँदा जनताको ज्यान जोखिममा परेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad