मङ्गलबार, १९ जेठ २०८३ (२ जुन २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। परिवारका सदस्यसँग भेटघाट हुनेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
वृष: कमजोर भएको अनुभूति हुनेछ। चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। प्रेमी/प्रेमिकाबिच खिन्नता बढ्न सक्छ। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मिथुन: सेवा गर्ने अवसर जुट्न सक्छ। सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कर्कट: सजिलै अरूको मन जित्न सकिएला। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
सिंह: आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ। बाटो आफैं बन्छ- हिड्ने आँट चाहिन्छ भन्ने मन्त्र मनन गर्नुहोला।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या: सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
भाग्यशाली रङ घ्यू रङ र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
तुला: जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। प्रणय सम्बन्ध प्रगाढ हुने समय छ।
भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: परिणाममुखी जिम्मेदारी वहन गर्ने समय आएको छ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। अध्ययन-अध्यापन सफल रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाब लिने। खरानी रङको प्रयोग नगर्ने।
मकर: काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
कुम्भ: काम गर्ने हौसला मिल्नेछ र सफल यात्राको योग छ। माया प्रेममा समीपता बढ्नेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुने योग छ। चोटपटकको भय पनि छ सचेत रहनुहोला। धैर्य नै सबैभन्दा दृढ सफलता हो भन्ने मन्त्र मनन गर्नु होला।
भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१ र यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। भिन्नता नै भविष्यको हस्ताक्षर हो भन्ने मन्त्र मनन गर्नु होला।
भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
Shares

प्रतिक्रिया