समाज


ट्राफिक, लागुऔषध र मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख पनि हेरफेर, सीआईबीमा जबरा

ट्राफिक, लागुऔषध र मानव बेचविखन अनुसन्धान ब्युरोका प्रमुख पनि हेरफेर, सीआईबीमा जबरा

नेपालखबर
जेठ १८, २०८३ सोमबार २२:०, काठमाडौँ

सरकारले एकसाथ ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा गर्दा विभिन्न कार्यालयका प्रहरी प्रमुखहरु पनि हेरफेर भएका छन्।

ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी शान्तिराज कोइरालालले पाएका छन्। यसअघि एसएसपी नवराज अधिकारीलाई साइबर व्युरो भोटाहिटी खटाइएको छ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर र मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलका प्रमुख पनि हेरफेर भएका छन्। लागुऔषध नियन्त्रण ब्युरोको प्रमुखमा सुवासचन्द्र बोहरा आउने भएका छन्। यसअघि बोहरा कार्य विभागमा थिए। 

यसअघिका ब्युरो प्रमुख कृष्णप्रसाद कोइराला गण्डकी प्रदेश प्रहरी कार्यालय सरुवा भएका छन्। 

मानव बेचविखन अनुसन्धान ब्युरोमा नकुल पोखरेललाई सरुवा गरिएको छ। यसअघि पोखरेल अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा कार्यरत थिए। 

यस्तै सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठ पनि सरुवा भएका छन्। श्रेष्ठलाई कोसी प्रदेश प्रहरी तालिम केन्द्र खटाएर उनको स्थानमा अनुपशमशेर जबरालाई ल्याइएको छ। 

जबरा यसअघि युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासीमा कार्यरत थिए। अहिले यहाँ साइबर व्युरोमा कार्यरत अजय केसीलाई पठाइएको छ। 

एसएसपी दयानिधि ज्ञवाली लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल सरुवा भएका छन्।

३३ एसएसपीको सरुवा- काठमाडौँमा घिमिरे, ललितपुरमा कार्की

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad