समाज


जिप सडकबाट खस्दा वडासदस्यको मृत्यु, २ जना घाइते

जिप सडकबाट खस्दा वडासदस्यको मृत्यु, २ जना घाइते

फाइल फोटो


नेपालखबर
जेठ १९, २०८३ मंगलबार ८:१७, काठमाडौँ

पर्वतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। 

कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति ग.१ ज ५८६५ नम्बरको जिप दुर्घटनामा परेको हो। 

दुर्घटना हुँदा कुस्मा-१४ का वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि पोखरा लगिएको थियो। अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा जिप चालक स्थानीय २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। दुवैको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

अँधेरीनेटास्थित सडकबाट जिप करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad