चितवन राष्ट्रिय निकुञ्ज नजिक गैँडाको आक्रमणमा परी एक युवक गम्भीर घाइते भएका छन्।
माडी नगरपालिका–३ बोटे सिमरा निवासी १९ वर्षीय सरोज महतोलाई बाख्रा चराउन जंगल क्षेत्रमा गएको बेला सोमबार दिउँसो करिब १२ः३० बजे गैँडाले आक्रमण गरेर घाइते बनाएको हो।
चितवन प्रहरीका अनुसार गैँडाको आक्रमणबाट महतोको घाँटी, छाती र खुट्टामा गम्भीर चोट लागेको छ।
उनलाई तत्काल बघौडा अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो।
प्रहरीका अनुसार दिउँसो ३ः४० बजे उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज ल्याइएको छ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरी निरीक्षक मनोजकुमार यादवको टोलीले थप अनुसन्धान गरिरहेको छ।
36
Shares

प्रतिक्रिया