समाज


जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी १७ दिनपछि पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी १७ दिनपछि पक्राउ

नेपालखबर
जेठ २६, २०८३ मंगलबार ११:४४, काठमाडौँ

कपिलवस्तु प्रहरीले जबर्जस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-१० मौजा धनकौली बस्ने ४५ वर्षीय नुर मोहम्मद मुसलमान रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिए। 

उनले यही जेठ ६ गते एक युवतीलाई बलात्कार गरेर फरार रहेका प्रहरीले जनाएको छ। 

उनलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

पक्राउपछि उनलाई अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad