समाज


अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

नेपालखबर
जेठ २६, २०८३ मंगलबार १९:५१, काठमाडौँ

काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते गर्ने व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

ब्युरोले गोरखा आरुघाट-७ घर भई काठमाडौँको टोखामा बस्ने २६ वर्षीय विवश अधिकारीलाई सतुंगलबाट सोमबार पक्राउ गरेको हो सीआईबीका अनुसार अधिकारीको डेरा खानतलासी गर्दा कीर्ते कागजातहरू फेला परेको छ।

सीआईबीका अनुसार अधिकारीले २०८२ चैत १५ गते ‘मुद्दा खोल्ने र पुन:प्रमाणीकरण सम्बन्धी सूचना’ भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी आफूलाई अदालतबाट १ लाख ६ हजार ५०० सेवा शुल्क बुझाउन आदेश दिएको भनेर अदालतको लेटरप्याड कीर्ते बनाएका थिए।

न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरेको भन्दै छानबिन गरी कारबाही गर्न भन्दै अदालतका कर्मचारीले सीआईबीमा निवेदन दिएका थिए।

अधिकारीमाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad