अविरल वर्षाका कारण पहिराे जाँदा देशका विभिन्न स्थानमा राजमार्ग तथा सहायक मार्ग बन्द भएका छन्।
राष्ट्रिय आपतकालीन उद्धार केन्द्रका अनुसार बीपी राजमार्गअन्तर्गत काभ्रे रोशी गाउँपालिका-११ पिप्ले,कालढुङगा, यस्तै सोही गाउँपालिका वडा नम्बर ७ रोशीपुलनजिक पहिरो जाँदा बाटो बन्द भएको छ।
यस्तै बुटवलबाट पाल्पा जाने, लमजुङबाट मनाङ जाने तथा भोजपुरबाट धरान जाने बाटो बन्द भएको केन्द्रले जनाएको छ।
3
Shares

प्रतिक्रिया