अविरल वर्षाका कारण आएको बाढीले पूर्वपश्चिम राजमार्ग बन्द भएको छ।
बाढी राजमार्गमा पसेपछि आवगमन बन्द भएको रौतहट प्रहरीले जानकारी दिएको छ। सडक बन्द भएपछि दुवैतर्फ गाडीको लाम लागेको छ।
अवरोध हटाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यस्तै अविरल वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फीमात्रै गाडी चलिरहेका छन्।
यो सडक खण्डको सत्र किलोमा बिहीबार राति १० बजेतिर पहिरो खसेको हो।
ठूलो पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया