धनुषा र महोत्तरीमा चट्यांग लागेर दुईजनाको ज्यान गएको छ ।
सोमबार बिहान ९ बजेतिर धनुषाको मिथिला नगरपालिका-७ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्लेको चट्यांग लागेर मृत्यु भएको छ ।
घाँस ल्याउन जंगल गएको बेला मेघगर्जनसंगै परेको चट्यांग लागेरर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।
यस्तै भैँसी चराउन गोठाले गएको बेला महोत्तरीको महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको छ ।
सोमबार बिहानै भैँसी चराउन गाउँ नजिकै चौरमा गएको बेला चट्यां लागेर यादवको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक श्याककृष्ण अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया