कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरु सुरक्षित रहनका लागी हिलसाईड कलेज अफ इन्जिनियरिङले मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ।
कलेजका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले फोटोपत्रकारहरुका लागी ७० थान, केएन ९५ मास्क र नेपाली कांग्रेका सांसद तथा सुमी फर्मासिटिकल्सका निर्देशक कर्मा घलेले २०० पिस स्यानिटाइजर फोटोपत्रकार क्लबलाई हस्तान्तरण गरे।
सो अवसरमा हिलसाईड कलेजका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रष्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले बिषम परिस्थितीमा जोखिम मोलेर आफनो कर्तब्य निवार्ह गर्दै अग्रपंक्तिमा खटिई समाज, राष्ट्र र आम मानवजातिप्रतिको जिम्मेवारी खरो रुपमा वहन गरिरहेका फोटोपत्रकारहरुलाई कलेजको तर्फबाट सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
यस्तै, सांसद कर्मा घलेले प्राप्त सामग्रीबाट जोखिमको घडीमा काम गर्ने फोटोपत्रकारहरुको मनोबल उच्च राख्न र सुरक्षित रही काम यसले प्रत्सोहान गर्ने विश्वास ब्यक्क्त गरे।
ति सामाग्री अग्रपंक्तिमा खटिएका ७० जना फोटोपत्रकारहरुलाई नै वितरण गरिएको छ।

प्रतिक्रिया