पाँच सयभन्दा बढी प्रजातिका जीवजन्तुहरु लोपको संघारमा पुगेको वैज्ञानिहरुले बताएका छन्।
आगामी २० वर्षभित्र जीवजन्तुहरु लोप हुने खतरामा रहेको अमेरिकास्थित नेसनल एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ।
मानिसकै कारण ठूलो संख्यामा जीवजन्तुहरु लोपउन्मुख भएको बताइएको छ।
बन फडानी, आगलागी, प्रदूषण, जनवारको तस्करी लगायतका मानवीय कार्यका कारण ठूलो संख्यामा जीवजन्तु लोपको संघारमा पुगेको जनाइएको छ।
मानिसले प्रकृतिको विनाश नगरेको भए हजार वर्षमा पनि लोपको संघारमा पुगेका जनावर लोप नहुने अध्ययनमा बताइएको छ।
3
Shares

प्रतिक्रिया