समाज


दैलेखको एउटै नगरपालिकाका ६९ सहित १०६ जनामा कोरोना पुष्टि

दैलेखको एउटै नगरपालिकाका ६९ सहित १०६ जनामा कोरोना पुष्टि

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १०:२०,

दैलेखमा एउटै नगरपालिकाका ६९ सहित १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण केन्द्र सुर्खेतको प्रयोगशालामा भएको परीक्षणमा १०६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरमा अनुसार संक्रमितमध्ये नारायण नगरपालिकामा सबैभन्दा बढी ६९ जना रहेका छन्। नगरपालिकाका ६५ पुरुष र ५ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

 त्यस्तै देवलकाँडाका १२, सोताका ९, मानटाकुराका ७, भगनीका ५, नौमुलेका ५, साडुका २ र बासकोटमा १ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

त्यस्तै मुगुको खत्याडका एक पुरुषको पीसीआरको रिपोर्ट पोजिटिभ आएको प्रतिष्ठानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad