पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ।प्रवक्ता देवकोटाले २१ स्थानमा पीसीआर परीक्षण भइरहेको जानकारी दिए।
पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरोङ सुन्दर हरैचाका २४ वर्षी पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।
त्यस्तै नारायणी अस्पताल वीरगन्ज गरिएको परीक्षणमा पर्सा पोखरीयाकी १५ वर्षीय किशोरीको रिपोर्ट पोजिटिभ आएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा भद्रपुरका ३ जना, ताप्लेजुङ घर भइ सुनसरी क्वारेन्टिनमा रहेका १ जना, मोरङका १, सप्तरीका १३ जना गरी १८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए।
त्यस्तै प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा बाराका ७ जना, सिन्धुली कमलामाईका १, रौतहटका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
पोखराको प्रयोगशालमा म्याग्दीका १, बागलुङका १० जना, पर्वतका ४, स्याङजाका १ गरी १६ जना, सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ्डोटीका३ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा दैलेखका १०५ र मुगुका १, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २, खोटाङका ३ गरी ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए।
त्यस्तै प्रदेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ५, धनुषका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, सर्लाहीका ३ जना गरी ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालाई जितेर घर फर्केका छन्।
Shares

प्रतिक्रिया