नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
मंगलबार निधन भएका पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुष पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनी स्थानीय क्वारेन्टिनमा थिए।
उनी भारतबाट पाँच दिन अघि आएका र स्थानीय क्वारेन्टिनमा थिए।
उनको स्वास्थ्यमा अन्य समस्याका साथमा स्वास्प्रस्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए।
उनको २० गते मंगलबार मृत्यु भएको थियो। मृत्युपछि उनको स्वाब संकलन गरिएको र कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए।
3
Shares

प्रतिक्रिया