रौतहटको सदरमुकाम गौरमा बाढी पसेको छ। स्थानीय नदी लालबकैया र वाग्मतीको बाँध भत्किएर पानी गौर बस्तीमा पसेको हो।
अहिले यहाँ करिब ८ फिट पानी जमेको स्थानीयले बताएका छन्। घरघरमा पानी पसेपछि उद्धारका लागि स्थानीय बासिन्दाले हारगुहार गरिरहेका छन्।
सुरक्षाकर्मीको ब्यारेक पनि सबै डुबेको छ। जसले गर्दा सुरक्षाकर्मीसमेत बाहिर निस्कन नसक्दा उद्धार गर्न सकेका छैनन्।
अधिकतर मानिस घरको छतमा बसेका छन्। डुंगाबाट सशस्त्र प्रहरीले डुंगाद्वारा उद्धारको प्रयास गरिरहेको छ। उनिहरु समेत बाहिर निस्कन सकेका छैनन्।
प्रमुख जिल्ला अधिकारी किरण थापाले सदरमुकामको अवस्था गम्भीर रहेको बताएका छन्। भारतीय सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास पाउन सकेको छैन।
बाढीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भूभाग डुबानमा परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया